काठमाण्डौ : १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्ग्लादेश खेल्दैछन् ।
भारतको जमसेदपुरमा नेपाल र बङ्ग्लादेशबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० गोलले पराजित भएको थियो । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् ।
नेपालले तेस्रो खेलमा आउँदो मार्चमा २१ मा फेरि भारतसँग खेल्नेछ ।
तपाइँको प्रतिक्रीया