२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रिमियर लिगमा लिभरपुलसँग आर्सनल पराजित

काठमाण्डौ :  इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई हराएको छ । आर्सनल घरेलु मैदानमा २–० गोलले पराजित भयो । लिभरपुलका डिएगो जोटा र रोबर्टो फिर्मिनोले गोल गरे ।

यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एक बनाएको छ । लिभरपुलको २९ खेलबाट ६९ अङ्क छ । समान खेलमा शीर्षस्थानको सिटीको ७० अङ्क रहेको छ । पराजित आर्सनल २७ खेलबाट ५१ अङ्कका साथ चौथो स्थानमा यथावत् छ ।

अर्को खेलमा टोटेनह्यामले ब्राइटनलाई २–० ले हराएको छ ।