काठमाडौं : निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तीर चुनाव चिह्न प्रदान गरेको छ । प्रवक्ता सुरेश आचार्यले आयोगको यो निर्णयलाई स्वीकार गरिएको जनाएका छन् ।
राप्रपा नेपालले पुरानो चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गरेको थियो । तर आयोगले तीर चिह्न प्रदान गर्ने निर्णय गरेको र उक्त निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प खुला राख्दै हाललाई त्यसलाई स्वीकार गरेको प्रवक्ता आचार्यले जनाएका छन् ।
पार्टीको झण्डामा रहेको पहेंलो रंगको पृष्ठभूमिको मध्यभागमा कालो रंगमा तीर चिह्न प्रयोग गर्न राप्रपा नेपालले भनेको छ ।
तपाइँको प्रतिक्रीया