२०८२ असार ९ सोमबार

राशिफल

ईन्जिनियरको चुनावमा सर्वाधिक मतसहित महासचिवमा झा विजयी

काठमाडौँ  : नेपाल ईन्जिनियर एसोसिएसनको निर्वाचनमा महासचिव पदमा उम्मेद्वारी दिएका ई. रविभूषण झा सर्वाधिक मत सहित विजयी भएका छन् । कांग्रेस निकट लोकतान्त्रिक ईन्जिनियर समुह (सिडेन) बाट उम्मेद्वारी दिएका झा ले गत फागुन २७ मा सम्पन्न निर्वाचनमा ४ हजार २ सय ९८ मत ल्याएर महासचिवमा बिजयी भएका हुन् ।

बिजयी भएको केही समयपश्चत उनले आफ्नो फेसबुकमा बिजयी गराउँन सहयोग गर्ने सम्पुर्ण मतदातालाई धन्यवाद दिँदै यस्तो लेखेका छन् ‘विभिन्न माध्यमबाट मलाइ बधाई तथा शुभकामना दिनु हुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ,

चुनावको लागि कुनै एउटा समुह बनाएर प्रतिस्पर्धा गरे पनि नेईए सबै ईन्जिनियरहरुको छाता संगठन हो भन्ने मर्मका साथ ईन्जिनियरहरुको पेशागत हकहित तथा ईन्जिनियरहरुको क्षमता अभिविृद्धिको लागि सदैव ईमानदार भएर प्रयास गर्ने प्रतिवद्धता फेरि पनि ब्यक्त गर्न चाहेँ,

यस Nepal Engineers Association को ३३ औं कार्यकारीणी समितीलाई यहाँहरुको आलोचनात्मक सुझाव सहित सक्रिय सहभागिता र सहयोगको लागि मनैदेखि अनुरोध पनि गर्न चाहन्छु ! आउनुस् सबै मिलेर हामी सबैको नेईएलाई अझ राम्रो बनाउन लागौ !!!’