काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था दलित संघको महाधिवेशन फेरि स्थगित भएको छ ।
चैत ७ देखि ९ सम्म बुटबलमा हुने गरी तय भएको महाधिवेशनलाई रोकिएको छ। आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले स्थगित गर्न निर्देशन दिइएको छ। ‘दलित संघको महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ ।
अब स्थानीय तहको निर्वाचन पछि जेठतिर होला की।’ कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।गृहमन्त्री बालकृष्ण खाँणले दलित नेता शम्भु हजारा पासवानलाई फोन गरी महाधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए ।
तपाइँको प्रतिक्रीया