२०८२ असार १ आइतबार

राशिफल

सुनको भाउ आज ५ रुपैयाँले वृद्धि

काठमाण्डौ :  हिजो अस्ति लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

सुनको भाउ हिजो तोलामा १२ सय रुपैयाँले र अस्ति १८ सय रुपैयाँले घटेको थियो ।

आज भने तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।  तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय ९० रुपैयाँमा पुगेको छ ।