काठमाडौँ : नेपाली कांग्रेस सत्ता गठबन्धन कायम राख्न प्रतिबद्ध रहेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।
आज नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–३ ‘ख’ रुपन्देहीमा भएको कार्यकर्ता भेटघाटको कार्यक्रममा खाँणले मुलुकमा अप्ठेरोमा पर्दा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्दा राम्रो हुने बताएका हृन ।
साथै अमेरिकी सरकारले दिएको ६० अर्ब अनुदान अहिले जनताको पक्षमा रहेको पनि उनले बताए।
‘एमसीसी नेपालका नदी नालाबाट उत्पादन हुने विजुली उत्पादन गरी जनताको घर घरसम्म पुर्याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्वीकारेका उनले बताएका छन् ।
मुलुकको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बेलामा पनि त्यसको सामनाका लागि सहयोग पु¥याउन ठूलो मदत पुग्ने उनको भनाइ छ ।
उनका अनुसार एमसीसी परियोेजना नेपाली जनताको हकहित तथा देशको दिगो विकासका लागि उपयोगि अनुदान योजना हो । यसका सहि ठाँउमा प्रयोग हुने समेत उनले जानकारी दिएका हुन ।
तपाइँको प्रतिक्रीया