२०८२ असार १२ बिहीबार

राशिफल

युक्रेनमा पत्रकार हत्या, पत्रकार स्वतन्त्रता माथी हस्तक्षेप

काठमाडौँ : युक्रेनको युद्द क्षेत्रमा रिपोर्टिङका क्रममा रुसी सेनाले पत्रकारहरुलाई हत्याका साथै र आक्रमण गरेकोमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले विरोध गरेको छ ।

हप्तामा ३ जना पत्रकारको हत्या हुनु भनेको विश्वभरका मिडिया र नागरिक समाजको लागि अति नै दुःखद भएको इन्जाले जनाएको छ ।

युद्धका क्रममा पत्रकारहरुको सुरक्षा नभएकाले तन्तकाल रूसी सरकारलाई युक्रेनका युद्ध क्षेत्रहरूमा असाइनमेन्टमा रहेका पत्रकारहरूको हत्या रोक्न इन्जाले अनुरोध गरेको छ ।

युद्ध क्षेत्रमा पत्रकारहरू ब्रेट रेनाउड, पियर जाक्रजेव्स्की र ओलेक्सान्ड्रा कुर्सिनोभाको हत्या गरिएको थियो । अहिले भ्इरहेको युद्धमा पत्रकारहरुमा प्रेश स्वतन्त्रता नभएकाले गर्दा पत्रकारहरु तथा नागरिक समाजको हकहित विपरित गतिविधी नगर्न पनि इन्जाले अनुरोध गरेको छ ।

 

त्यसैगरी अमेरिकी पत्रकार ब्रेट रेनाउडलाई टाइम म्यागजिनको असाइनमेन्टमा जाँदा इरपिनमा रुसी सेनाले गोली हानी हत्या गरेको थियो । युक्रेनी निर्माता र फिक्सर ओलेक्सान्ड्रा कुर्सिनोभा र फक्स न्यूजका क्यामेरा पर्सन पियर जाक्रजेव्स्की कीभ बाहिर गोरेन्कामा एक सवारी आक्रमणमा मारिएका थिए ।

 

इन्जाले विश्व समुदायलाई त्यस्ता आपराधिक कार्यहरू विरुद्ध एकैठाउँमा उभिन र युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरूको स्वतन्त्र र सुरक्षित वातावरण सिर्जना गर्न अपिल गरेको छ ।