काठमाडौँ : सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन्।
माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले दाहाल र अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेको हो ।
रणु दाहाल भरतपुर नगरपालिकाकी मेयरका साथै माओवादी केन्द्रकी केन्द्रीय सदस्य पनि हुन् । यसअघि उनले भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।
चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी भने पूर्व विद्यार्थी नेता हुन्। उनी पहिले माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष पदमा रहेका थिए ।
तपाइँको प्रतिक्रीया