काठमाडौंः माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको उद्घाटन शनीवार प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने भएका छन् ।
यो नेपालकै स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको जलविधृत आयोवना हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दोलखा पुगेर उक्त सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रमको तालिका निर्धारण गरिएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानकुमार श्रेष्ठले भने,‘ यो २२०र१३२ केभीको नयाँ खिम्ती सबस्टेसन नेपालको केन्द्रीय विद्युत प्रणालीमा जोडिएको अहिलेसम्मको दोश्रो ठूलो सबस्टेसन हो ।’
उनका अनुसार सबस्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु–४ र २४.२ मेगावाटको लिखु ‘ए’ आयोजनाहरुको विद्युत प्रणालीमा जोडिएको छ ।
त्यसैले गर्दा विगतको तुलनामा स्थानीयवासी अन्धकारमा बस्नृपर्ने समस्या हल हँदै गईरहेको छ ।
विधुत उत्पादन भएको मितिले अहिले सम्म माथिल्लो तामाकोशीबाट फागुन मसान्तसम्म ९६ करोड ९० लाख युनिट विद्युत् यही सबस्टेसन भएर प्रवाह भइसकेको छ ।
तपाइँको प्रतिक्रीया