काठमाडौँ : नोबेल मेडिकल कलेज विराटनगरका १० विद्यार्थी पढाइमा फर्किएका छन् ।
कलेज प्रशासनसँग सहमति भएपछि पुनः चार महिनादेखि आन्दोलनमा रहेका विधार्थीहरु आज आन्दोलन स्थगित गरेर कलेजमा फर्किएका हुन् ।
नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसा्र पढाईमा अवरोध पुगेर नियमित कक्षा लिन नसकेका विधार्थीहरुका लागि
छुटेकाले छुट्टै कक्षा सञ्चालन गर्ने सहमति भएको छ । यस्तो सहमति भएपछि उनीहरु आन्दोलन छोडेर अध्यनका लागि फर्केका हृन, ।
नोबेल मेडिकल कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरेको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तर आंशिक माग सम्बोधन भएपछि ७१ जना विद्यार्थी पढाइमा फर्किएका थिए ।
हिजो काठमाडौंमा भएको छलफलपछि विद्यार्थीहरु कक्षा फर्कन सहमत भएको कलेज प्रशासनले भनाइ छ । सहमति पत्रमा कलेजका प्राचार्य प्रा. डा .रामहरि घिमिरे र सल्लाहकार डा. केपी शर्मा र विद्यार्थीको तर्फबाट आन्दोलनरत १० जना विद्यार्थीले हस्ताक्षर गरेका छन् ।
छुट भएको ४ महिनाको पढाइ पूर्ति गर्न ७ चैतदेखि दुई महिनासम्म कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने सहमती विधार्थीहरु र प्रशासनवीच भएको छ ।
कलेज प्रशासन र विद्यार्थीबीच भएको सहमति तल हेर्नुहोसः
तपाइँको प्रतिक्रीया