२०८२ असार १ आइतबार

राशिफल

औद्योगिक प्रयोजनका २०० मेट्रिकटन मात्रै सुपारी आयातमा अनुमति

काठमाडौं : सरकारले एक पटकमा २ सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न पाउने नयाँ कार्यविधि जारी गरेको छ ।

मन्त्रिपरिषबाट १० माघमा स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसको आधारमा वाणिजय विभागले आयात इजाजत दिनेगरी यस्ता वस्तु आयातका लागि पहिलाको भन्दा फरक नीति जारी गरेको हो ।

यस्तो व्यावस्थाका सहि प्रयोगले हरेक विषयमा सकरा्त्मक भूमिका खेल्ने ध्ययेले यस्तो व्यावस्था गरिएको हो ।

‘वार्षिक स्वीकृत स्किम र परिमाणको सीमा भित्र रही एक पटकमा विभागले एक पटकका लागि बढीमा २ सय मेट्रिकटन मात्रै पैठारीको इजाजत दिन सक्नेछ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गोप्य राखेको कार्यविधिमा उल्लेख छ ।

यस्ता वस्तुको आयातका लागि निवेदन दिने उद्योगहरुले स्वीकृत गरेको स्किम र वार्षिक उत्पादन विवरण पनि पेश गर्नु पर्नेछ भने सम्बन्धित उद्योगले प्रमाणित गरेको बिक्री विवरण साथै उद्योग जडान गरेको मेसिनरी क्षमताको विवरण पनि वाणिज्य विभागमा पेश गर्नु पर्ने छ । यस्तै उद्योग सञ्चालन अवस्था र चालु आर्थिक वर्षको लक्ष्य पनि खुलाउनु पर्ने कार्यविधिमा उल्लेख