२०८२ असार १२ बिहीबार

राशिफल

ग्यास सिलिण्डर लिक हुँदा एक वृद्धको मृत्यु

काठमाडौँ : बारामा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा घाइते भएका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानुको मृत्यु भएको हो ।

२५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिक भई आगलागी भएको थियो । आगलागीमा परी कानुको शरीरको छातिमुनिको ६० प्रतिशत भाग जलेको थियो ।

नेशनल मेडिकल कलेज वीरगञ्जमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममा गएराति १२: १० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।