काठमाडौंः निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा गैरसरकारी वा निजी संस्थाका कर्मचारी र पदाधिकारीलाई पनि कडाइ गरेको छ ।
आज राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ अनुसार गैरसरकारी तथा निजी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी तथा कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाइने व्यवस्था गरिएको छ ।
यस्तै गैरसरकारी तथा निजी संस्थाले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा आफ्ना सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन पाउने छैनन् ।
आचारसंहिता विकास साझेदार संस्थालाई पनि लागू हुनेछ । यस विषयमा आयोगले मिति तोक्न भने बाँकी छ ।
तपाइँको प्रतिक्रीया