२०८२ असार १२ बिहीबार

राशिफल

उम्मेद्वार बन्न जनप्रतिनिधिले राजीनामा दिनु पर्ने व्यवस्थामा एमालेको आपत्ति

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेद्वार बन्न अहिलेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि जारी गरेको निर्वाचन आचारसंहितामा बहालवाला जनप्रतिनिधिले उम्मेद्वारी दर्ता गराउने हो भने पहिला पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाप्रति आपत्ति जनाउँदै एमाले उपमहासचिव विष्णु रिमालले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन, स्थानीय तहका ‘प्रधानमन्त्री’ पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ?’

निर्वाचनमा जाँदा पद्को दुरुपयोग नहोस् भन्ने बारेमा सोच्नु पर्ने तर त्यसलाई देखाएर काम नै रोक्नु ठीक नहुने उनको भनाइ छ ।