२०८२ असार १२ बिहीबार

राशिफल

छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु

काठमाडौं :  रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा हिजो बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले लु ५८ प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा नवलपरासी सुनवल ४ की ३४ वर्षीया शान्ति भण्डारीको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनका श्रीमान र तीन वर्षीय छोरा भने घाइते छन् ।घाइते दुवै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १५ पत्थरडाँडामा गएराति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको पनि ज्यान गएको छ । उक्त मोटरसाइकलका चालक भने फरार रहेका छन् ।