काठमाडौं : शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्र टिचिङ लाइसेन्सको परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको छ । यो निर्णय यही चैत २ गतेदेखि नै यो लागु भएको आयोगले जनाएको छ ।
आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गर्दथ्यो । अबदेखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यसअनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ ।
शिक्षक सेवा आयोगका उपसचिव एवम् सूचना अधिकारी सुदर्शन मरहठ्ठाले मावि र निमावि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय भएको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया