काठमाडौ : प्रहरीले सिरहाबाट इटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा धनगढी नगरपालिका ११ का ४२ वर्षीय ब्रमदेव यादव रहेका छन्।
धनगढी नगरपालिका ११ आँप चोकबाट यादवलाई हिजो बिहीबार एक थान इटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
बिआर३२एबी ०४४९ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट हतियार बरामद भएको सिरहा प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए।
यादवलाई हातहतियार तथा खरखजना मुद्दामा थप अनुसन्धान थालिएको उनले बताए ।
तपाइँको प्रतिक्रीया