२०८२ असार १२ बिहीबार

राशिफल

मकवानपुरमा बस दुर्घटना, दुईको मृत्यु, ९ घाइते

काठमाण्डौं : मकवानपुरमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका(४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्।

हेटौंडाबाट चितवन जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुबाहक बस बिहान पौने ९ बजे मनहरी नगरपालिका(६ मा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।