२०८२ असार १२ बिहीबार

राशिफल

सेल्फी खिच्ने क्रममा १ जनाको खसेर मृत्यु

काठमाडौं :  सेल्फी खिच्ने क्रममा घर माथिबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गास्थित होली खेली सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट खसेर सोही ठाउँकी ४३ वर्षीया जीवनकुमारी खड्काको मृत्यु भएको हो ।

सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।