काठमाण्डौं : मकवानपुरको मनहरीमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ भने घाइते हुनेको संख्या १५ पुगेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर–६ सुनाचुरी भुल चोकमा शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ पल्टिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइतेको संख्या १५ पुगेको छ ।
तपाइँको प्रतिक्रीया