२०८२ असार १२ बिहीबार

राशिफल

तीरले काम नगर्ला जस्तो भएपछि गाई माग्न कमल थापा अदालत जाने

काठमाण्डौं : कमल थापाले हालै पुनर्गठन गरेको दल राप्रपा नेपालले चुनाव चिन्ह गाई प्राप्तिका लागि अदालत जाने तयारी गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि हालै निर्वाचन आयोगबाट सो दलले तीर चिन्ह पाएको थियो । राप्रपा नेपालले चुनाव चिन्ह गाई मागे पनि आयोगले नदिएपछि तत्कालका लागि तीर लिएको थियो ।

तर यो चिन्ह अस्थायी मात्र हुने राप्रपाका महामन्त्री राजाराम बर्तौलाले  जानकारी दिए । उनले आफ्नो दलको चुनाव चिन्ह गाई माग्न नछोड्ने बताए ।