२०८२ असार ४ बुधबार

राशिफल

ब्राउन सुगरसहित ३ जना पक्राउ

काठमाडौं :  ब्राउन सुगरसहित दुई भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया बढैयाताल गाउँपालिका ८ कण्ठपुरस्थित नेपाल–भारत सीमा नाकामा ६८ ग्राम ९ सय ३० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

हिजो बिहीबार गोप्य सूचनाको आधारमा ब्राउन सुगरको कारोबार भइरहेको अवस्थामा खोजतलास गर्ने क्रममा भारत बहराइच जिल्ला थाना मोतीपुर ग्राम बरथनवा गाउँ शिवरात्रीपुरका २५ वर्षीया सबिना साई, सोही ठाउँ बस्ने २६ वर्षीय सद्दाम साई र काठमाडौं महानगरपालिका –७ का ४७ वर्षीय सुमन केसीलाई पक्राउ गरेको प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

काठमाडौंका कारोबारीलाई भारतबाट बेच्न ल्याएको ब्राउन सुगरसहित तीन जनालाई बिहीबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक शाहीले जनाए ।