२०८२ जेठ २२ बुधबार

राशिफल

युएईविरुद्ध नेपालको बलियो सुरुवात

काठमाडौं  : आईसीसी विश्वकप लिग टूमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ गरेको युएईले सुरुवाती चरणमै १० ओभर (पावर प्ले)मा ३ विकेट गुमाएर ३५ रन जोडेको हो । नेपाली तीव्र बलर सोमपाल विश्वकर्माले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे ।

चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा बाउन्सर बलमार्फत विकेटकिपर आरिफ शेखको हातबाट क्याच आउच गराएका सोमपालले ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यू धरापमा पारे ।

युएईका युवा ब्याटर अरविन्दले योे भन्दा अघिल्लो महिना आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपाललाई हराउन ४६ रनको सानदार खेलेका थिए ।

९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिमले २१ रन बनाए ।

११ ओभरको समाप्तिमा युएईले ३७ रन बनाएर ४ विकेट गुमाएको छ । उनले ११औं ओभरको तेस्रो बलमा करण केसीले आसिफ खानलाई बाहिर आउट गराएका थिए ।