काठकाडौँ : भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेतका तीनै जना बालबालिकाको शव फेला परेको छ ।
सुर्खेत प्रहरीका अनुसार तीन जनामध्ये एक जनाको बुधबार र दुई जनाको बिहीबार शव भेटिएको थियो । गत शनिबार उनीहरु नुहाउने क्रममा भेरी नदीमा बेपत्तता परेका थिए । बेपत्ता भएका लेकवेशी नगरपालिका –२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार भेरीगंगा नगरपालिका –११ का १२ वर्षीय कृष्ण सिंजाली र १२ वर्षीय गंगा खड्काको बिहीबार शव शव भेटिएको हो । भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा उनीहरुको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता भएर भेटिएका दुवै जना बालवालिकाको शव पोष्टमार्टमाका लागि मेहलकुना अस्पतालमा राखिएको डीएसपी घर्तीले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया