२०८२ असार १२ बिहीबार

राशिफल

माडीमा आगलागी हुँदा ६० लाख भन्दा बढीको नोक्सानी

काठमाण्डौ : चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी भएको छ । उक्त ठाँउमा आगलागि हुँदा ६० लाख रुपैयाँ बराबरको क्षेति भएको छ ।

स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी हुँदा ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दानालगायत जलेर नष्ट भएको छ ।

यसैगरी फार्ममा रहेका १२ सय कुखुरा र झण्डै एक हजार चल्ला नष्ट भएको उनले जानकारी दिए । उक्त ठाँउमा आगलागि भने विहान साढे ४ बजे आगलागी भएको लामिछानेले बताए ।

आगो नियन्त्रण भने स्थानीयवासी र प्रहरीले गरेका छन् । अहिले सम्म आगलागीको कारण भने खेल्न सकेको छैन ।