२०८२ जेठ २२ बुधबार

राशिफल

ईन्जिनियरको चुनाव : मधेस प्रदेश सभापतिमा पण्डित बिजयी

काठमाडौँ  : नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचनमा मधेस प्रदेशबाट ईन्जिनियर गौरी पण्डित सभापति पदमा विजयी भएका छन् ।

स्थायी घर महोत्तरीको भ्रमरपुरा भएका पण्डितले गत फागुन २७ मा सम्पन्न एसोसिएसनको निर्वाचनमा ४ सय ३ मत ल्याएर मधेस प्रदेश सभापतिमा बिजयी भएका हुन् ।

उनले नेशनल ईन्जिनियर एसोसिएसन नेपालबाट आफ्नो उम्मेद्वारी दिएका थिए । उनी गैह्र राजनितिक संगठनबाट स्वतन्त्र उम्मेद्वार पनि हुन् ।

उनका साथै उनको समुहका कोषाध्यक्ष उम्मेदवार तेज नारायण यादव समेत निर्वाचित भएका हुन ।

समुह अध्यक्ष, कोषाध्यक्ष र पाँच सदस्य सहित १५ सदस्यीय कार्यसमितिमा ७ वटा सिट जितेको छ ।

पण्डित समुहबाट सदस्यहरुमा शितेष यादव, दिपक मण्डल, प्रविण कुमार यादव, अञ्जली ठाकुर र शुनिल मिश्रा जितेका छन् ।

वाँकी पदहरुमा कांग्रेस र तिन दलिय गठबन्धनका उम्मेदवारहरु जितेका छन् ।

पुर्वाञ्चाल क्याम्पस धरानमा अध्ययन गरेका पण्डितसँग सोही क्याम्पमा तराई विद्यार्थी नवजागरण संघको अध्यक्ष भएर काम गरेको अनुभव समेत छ ।

विगतदेखि नै ईन्जिनियरहरुको हकहितको लागि आवाज उठाईरहने पण्डित अहिले पनि उतिकै सक्रीय छन् ।

आफ्नो कार्यकालमा ईन्जिनियरहरुलाई दक्ष बनाउँने, नेईए भवन निर्माण गर्ने, नेईएको आलोचना भइरहेको बेला अब पारदर्शी ढंगबाट काम गर्ने, स्टाफ कलेज स्थापना गर्ने लगायत काम गर्ने उनको प्रतिवद्धता रहेको छ ।