२०८२ असार १२ बिहीबार

राशिफल

गठबन्धन र चुनाव फरकफरक कुरा भएको उपसभापति गुरूङको दावी 

काठकाडौँ :  नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सरकार बनाउनका लागि बनेको गठबन्धन र आउँदो चुनाव फरक–फरक विषय रहेको बुझ्नु पर्ने विषयमा नेताहरु सचेत रहनुपर्ने बताएका छन् ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच भएको सहकार्यमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए।

०७९ वैशाख ३० मा हुने स्थानीय तह र त्यसपछिका प्रदेश तथा संघका चुनावमा सत्तारूढ पाँचदलीय यो गठबन्धनलाई पनि सँगसँगै लैजानुपर्ने र लैजान नहुनेमा विषयमा लामो समयदेखि दलभित्र चर्को आलोृचना भइरहेको छ ।

यस विषयमा दलहरूभित्र पनि एकमतको धारणा रहेको छैन जस्का कारण अहिले राजनैतिक दल भित्र पनि दैनिक विवाद बढीरहेको छ ।

कांग्रेसभित्र पनि यस विषयमा स्पष्ट धारणा आउन सकेको छैन । सोही कारण अ्न्य दलमा पनि खिचातानी चलिरहेको छ । यसरी देशको प्रमुख पार्टीले समयमा नै ठोस निणर्य निकाल्न नसक्दा पार्टीभित्र झन द्धोन्द बढ्ने खत्रा बढेर जान्छ ।

कांग्रेसले अरू दलसँग तालमेल गर्ने वा नगर्नेबारे औपचारिक निर्णय गरेको छैन। कांग्रेसका नेताहरूले विभिन्न मन्चबाट फरकफरक कुरा गरिरहेका छन्।

कांग्रेसबाट भिन्नभिन्न कुरा आउँदा सत्तासाझेदार माओवादी केन्द्रका नेता वर्षमान पुनले भने कांग्रेसमा सत्ताको उन्माद देखिएको
समेत टिप्पणी गरेका छन्।