२०८२ असार १२ बिहीबार

राशिफल

विहान ८ बजे बस्ने भनिएको विप्लव नेतृत्वको  केन्द्रीय समिति बैठक सुरु

काठमाडौं :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ।

स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा आज बिहान ८ बजे बस्‍ने भनियता पनि बैठक ढिलो गरी सुरु भएको हो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय भएको छ ।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए तर उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत नभएका कारणर्ले पनि आज अर्को बैठक बस्न लागिएको हो

पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा थिए ।

अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए । यस पार्टीब्ीच भएको फरक – फरक धारलाई निश्चित धारमा ल्याउनका लागि नै आजको बैठकलाई केन्द्रित रहेर हेरिएको छ ।