काठमाडौँ : हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
वडा अध्यक्ष श्रेष्ठले सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै शुक्रबार दिउँसो उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् भने वडा अध्यक्ष श्रेष्ठको कुर्सी सडकमा ल्याएर विरोध प्रदर्शन गरेका छन् ।
सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने र जनप्रतिनिधि भएर पार्टीको काममा बढी समय बिताउने गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
तपाइँको प्रतिक्रीया