२०८२ जेठ २२ बुधबार

राशिफल

अब अस्पताल जाँदा पिसिआर परीक्षण अनिवार्य नहुने

काठमाडौँ  : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनुनपर्ने बताए ।

यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान रहेको थियो । तर अस्पतालमा उपचारका लागि जाने व्यक्तिहरुले अनिवार्यं खोप कार्ड र नागरिकता साथमा ल्एिर जानुपर्ने छ ।