काठमाडौँ : कोरोनाको मामिलामा व्यापक वृद्धि भएपछि सेन्चेनमा आइतबारदेखि ६ दिनको लकडाउन लागु गरिएको छ ।
यसका कारण विश्वको व्यवसायमा व्यापक झट्का लागेको छ । युद्ध, मुद्रास्फीति र फेरि चीनमा कोभिड महामारीका कारण लकडाउन हुने भएको छ ।
यो विश्वव्यापी आपूर्ति शृङ्खलाका लागि एक वास्तविक आँधीका रुपमा आएको छ । यो अवस्थामा सामग्री कसरी दोस्रो देशसम्म पुग्न सक्छ भन्ने अर्को चिन्ता थपिएको छ ।
चीनमा कुनै अशान्ति पैदा भयो भने यसको व्यापक असर पूरै विश्वमा पर्छ किनकि चीन विश्वकै ठूलो उत्पादनकर्ता मुलुक हो । चीनको दक्षिण पूर्वमा रहेको यो शहरको जनसंख्या १.७५ करोड छ र यहाँ चीनको करिब आधा अनलाइन रिटेल निर्यातक छन् ।
तपाइँको प्रतिक्रीया