२०८२ असार १२ बिहीबार

राशिफल

ज्योति विकास बैंकद्धारा काठमाडौंको एक विद्यालयलाई सहयोग प्रदान

काठमाडौँ  : ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको एक विद्यालयलाई सहयोग गरेको छ ।

बैंकले वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका ३०० जना विद्यार्थीलाई पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्री वितरण गरेको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिप राज बरालले ती सामग्रीहरु हस्तान्तरण गरेका हुन्।