काठमाडौँ : फाल्गुण महिनाको पहिलो साता राजधानीको बौद्धबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको छ।
दुई छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा सो धातु युरेनियम नभएको पुष्टि भएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले जानकारी दिए ।
युरेनियम पुष्टि हुन नसकेपछि घटनामा मुछिएका सबै अभियुक्त शुक्रबार हाजिरी जमानीमा छुटेका छन् । युरेनियम कारोबार भएको आशंकासहित प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो ।
तपाइँको प्रतिक्रीया