२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ईन्जिनियरको चुनाव : केन्द्रीय अध्यक्षमा हरि बहादुर दर्लामी विजयी

काठमाडौँ : नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचनमा केन्द्रीय अध्यक्षमा डा. हरि बहादुर दर्लामी विजयी भएका छन् । स्थायी घर गुल्मी भएका दर्लामीले गत फागुन २७ मा सम्पन्न एसोसिएसनको निर्वाचनमा ३ हजार ९ सय ३० मत ल्याएर केन्द्रीय अध्यक्षमा बिजयी भएका हुन् ।

उनले कांगे्रस निकट लोकतान्त्रिक ईन्जिनियर समुह (सिडेन) मा आफ्नो उम्मेद्वारी दिएका थिए । विगतदेखि नै ईन्जिनियरहरुको हकहितको लागि आवाज उठाईरहने दर्लामी अहिले पनि उतिकै सक्रीय छन् ।

दर्लामीले नेईएको चुनावमा जित हाँसिल गरेसँगै सामाजिक संजाल फेसबुकबाट एक पोष्ट गर्दै मतदाता ईन्जिनियर तथा बिजयी गराउँन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन् ।

उनले यस्तो लेखेका छन्

आगामी दिनमा पनि आफ्नो कार्यकालमा ईन्जिनियरहरुलाई दक्ष बनाउँने, नेईए भवन निर्माण गर्ने, स्टाफ कलेज स्थापना गर्ने, ईन्जिनियरहरुलाई तालिमको व्यवस्था गर्ने लगायत काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

यो पनि हेर्नुहोस

इन्जिनियरको निर्वाचनमा सिडेनको प्यानल नै विजयी