काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघले सरकारले साना व्यवसायीहरुको वृद्धि विकासमा निषेधको नीति लिएको आरोप लगाएको छ । महासंघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले साना निर्माण व्यवसायीहरुलाई सीमित ठेक्का लिन पाउने व्यवस्था गरेर निषेधको नीति लिएको बताए ।
तर ठूला निर्माण व्यवसायीलाई हरेक विधामा ३र३ वटा र ३ अर्बभन्दा मुनिको काममा ५ वटा ठेक्का लिन पाउने व्यवस्था गरेकोप्रति पनि महासंघको आपत्ति जनाएको उनले बताएका छन ।
अध्यक्ष सिंहले सरकारसँग सहमतिको ड्राफ्टमा ६० र ४० प्रतिशतको गरी २ वटा आएपनि अहिले सार्वजनिक खरिद नियमावली ११ औं संशोधन राजपत्रमा प्रकाशित गर्दा ८० प्रतिशत भएर आएकोप्रति आपत्ति जनाएका छन् ।
तपाइँको प्रतिक्रीया