२०८२ असार १२ बिहीबार

राशिफल

स्करपियो दुर्घटनामा परी चालकको मृत्यु

काठमाडौँ  :  माछापुच्छ्रे गाउँपालिका –८ घलेलमा आज स्करपियो गाडी दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल इको भिलेजमा दिउँसो पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको गाडी घलेल कालीमाटी सडक खण्डको तादी खोला पारी उकालोमा सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।