काठमाडौं : नेपाल टेलिकमले डेटाको शुल्क १५ देखि २० प्रतिशतसम्म घटाउने गरी आन्तरिक योजना तया्र गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा बी.टी. इन्टरनेशनलले शुक्रवार आयोजना गरेको ‘नेपालमा डेटा इन्टरनेट शुल्क न्यूनीकरणका अवरोध’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत तथा नायब प्रबन्ध निर्देशक सङ्गीता पहाडीले यस्तो जानकारी दिएकी हुन् ।
उनले विगतमा पनि यस्ता कार्यमा प्रोत्साहन गरेको यस कार्यक्रमका क्रम्मा उल्लेख ग्रेकी छिन् ।
उनले नेपाल टेलिकमले निकट भविष्यमा नै डेटाको मूल्य १५ देखि २० प्रतिशतसम्म घटाउन आन्तरिक गृहकार्य थालेको जानकारी दिइन । उनले डेटाको मूल्य पनि स्वचालित हुनुपर्ने धारणा समेत धारण व्यक्त गरेकी छिन् ।
तपाइँको प्रतिक्रीया