काठमाण्डौ : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताइन ।
मन्त्रालयमा शुक्रवार एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गरेकी छिन ।
उनले भनिन,‘ ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ ।’
झाक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले सङ्घीयताअनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन ।
नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनमा काम गरिरहेको छ । ‘विकास निर्माणका धेरै आयोजनामा काम भइरहेका छन्, हामीसँग सीमित बजेट हुँदा धेरै काम गर्न सकिरहेका छैनौँ’, उनले भनिन ।
तपाइँको प्रतिक्रीया