२०८२ असार १२ बिहीबार

राशिफल

नेपालबाट हराएको मुर्ति बेलायतमा भेटियो

काठमाण्डौं : नेपालबाट चोरी गरिएका १६ औं र १८ औं शताब्दीतिर कुँदिएका दुईवटा मूर्तिहरू लन्डन मेट्रोपोलिटन प्रहरीले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले राजदूत ज्ञानचन्द्र आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

ढुंगा तथा काठमा कुँदिएका उक्त मूर्तिहरु १६ औं शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरण जुन १९८० देखि १९९० को दशक बीचमा काठमाडौं हनुमानढोका कुमारी बहाबाट हराएको थियो । यसैगरी १८ औं शताब्दीतिर कुँदिएको घुंडा टेकेर नमस्ते मुद्रामा रहेको ढुंगाको मूर्ति काठमाडौं ओमबहालस्थित मन्जुश्री मन्दिरबाट हराएको थियो ।