काठमाण्डौ : वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका जनाएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । सांसदको चुनाव हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिनुपर्ने व्यवस्था अव्यावहारिक हुने नेताहरुको भनाइ छ ।
नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुुपर्ने व्यवस्था उचित नहुने बताउनुुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले उम्मेवदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिँदा पालिकाबाट हुँदै आएको सेवा नै प्रभावित हुने भएकाले यो व्यवस्था अव्यावहारिक हुने बताएका हुन । यस्तै एमालेका उपमहासचिव विष्णु रिमालले पनि चुनावमा जाँदा पदको दुरुपयोग नहोस् भनेर सोच्नुपर्ने भए पनि सेवा नै रोक्नेगरी आचारसंहिता बनाउन उचित नहुने बताए ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि स्थानीय जनप्रतिनिधिले उम्मेदवारी दिनु भन्दा पहिले नै राजीनामा दिनुपर्ने व्यवस्था विभेदकारी रहेको बताए ।
तपाइँको प्रतिक्रीया