काठमाडौं : स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ४५६ मेगावाट अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
सबस्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु ४ र २४.२ मेगावाटको लिखु ‘ए’ आयोजनाहरुको विद्युत प्रणालीमा जोडिएको छ ।
तपाइँको प्रतिक्रीया