काठमाडौं : कोरोनाका कारण सुनसान रहेको अन्नपुर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार २०२२ को जनवरीदेखि हालसम्म ५ सय ८५ जना विदेशी पर्यटक आएका छन् । उनका अनुसार जनवरी महीनामा ४१ जना, फ्रेब्अरीमा १ सय ६९ र मार्च १५ सम्म ३ सय ७५ जना विदेशी पर्यटक पदमार्गमा आएका छन् । पदमार्गमा अहिले दैनिक ३०/४० जना विदेशी पर्यटक आएको गुरुङ बताउँछन ।
पछिल्लो समय मनाङको सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो । मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले मनाङमा अहिले बाह्य पर्यटकको आगमन बढेको बताए । कोरोना र चिसोका कारण थला परेको पर्यटन क्षेत्र पर्यटक आउन थालेसँगै पर्यटन क्षेत्र माथि उठ्ने आशा पलाएको उनको भनाई छ । कोरोना प्रभावका कारण पर्यटक आगमन संख्या घटेपनि अब पर्यटक आउन थालेसँगै पर्यटन व्यावसाय पुरानै लयमा फर्कने गुरुङको अपेक्षा छ ।
तपाइँको प्रतिक्रीया