२०८२ असार १२ बिहीबार

राशिफल

ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

काठमाडौं :  भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारमा गए राति गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा उदयपुर गाईघाट घर भई हाल ललितपुरको ईमाडोलमा बस्दै आएका १८ वर्षीय प्रदिप कार्की रहेका छन् ।

घाइते भएका कार्कीलाई उपचारको लागी महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याउनासाथ राती सवा १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

ट्रयाक्टर सहित चालक भने महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेका छन् ।