२०८२ असार १२ बिहीबार

राशिफल

पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने तयारी

काठमाण्डौं : राष्ट्रिय गौरवको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ९३ प्रतिशत पूरा भएको छ। वैशाखभित्र यान्त्रिक उडान क्यालिब्रेसन फ्लाइट गर्ने योजनाअनुसार काम भइरहेको विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए।

उनका अनुसार डेकोरेसन, फिनिसिङलगायतका केही काम बाँकी छन्। रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर यसअघि नै निर्माण भइसकेका छन्। टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने एउटा विमान पुल प्यासेन्जर बोडिङ ब्रिज जडान भइसकेको छ।

अर्को जडान भइरहेको छ। यस्तो खाले ब्रिज नेपालमै पहिलो पटक यहाँ जडान गरिएको हो। बाँकी काम पनि द्रुतगतिमा भइरहेको आयोजनाले जनाएको छ।

कोरोना संक्रमणका कारण विमानस्थल निर्माणको समय एक वर्ष थपिएको थियो।