२०८२ असार १२ बिहीबार

राशिफल

नुवाकोटमा आगलागी हुँदा ३ घर जलेर नष्ट

काठमाडौं : नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा शुक्रवार राति आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट ३ जनाको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहना सहितको धनसम्पत्ति सबै जलेर क्षति नष्ट भएको हो ।स्थानीय र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सम्पुर्ण समान जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए ।

उनका अनुसार ३ घरसहित सो घरमा रहेका धनसम्पत्ति सबै जलेर नष्ट हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको देखिएको छ । आगलागी के कति कारण भएको हो यकिन नभए पनि विद्युतीय मिटर बक्सबाट शुरू भएको देखिएकाले विद्युत् सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ ।

पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले शनिवार टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।