काठमाडौं : प्युठानको माण्डवी गाउँपालिकाको तारिवाङमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ ।
प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा अन्य ३० जना घाइते भएका छन् । घटना बारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
दुर्घटनाका घाइते सबैलाई स्थानीयले उद्धार गरी नजिकैको स्वास्थ्यचौकीमा पुर्याएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।
तपाइँको प्रतिक्रीया