काठमाडौं : पहिलो एक दिवसीय क्रिकेटमा बङ्ग्लादेशले घरेलु टोली दक्षिण अफ्रीकालाई हराएको छ । गएराति सेन्चुरियनमा भएको खेलमा बङ्ग्लादेशले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो ।
दक्षिण अफ्रिकाको भूमिमा बङ्ग्लादेशको यो पहिलो एक दिवसीय जित पनि हो ।
बङ्ग्लादेशले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटियो । दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले ८६ तथा डेभिड मिलरले ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
तपाइँको प्रतिक्रीया