काठमाडौँ: मधेसवादी दलको विरासत बोकेका दुई दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दुई ध्रुवमा उभिएका छन् ।
दुवै दलको मुद्दा, एजेण्डा, मतदाता, चुनावी क्षेत्र, मिसन उस्तै भएपनि ती दलका नेताहरू एक अर्काको नाम पनि सुन्न नचाहने भएका छन् ।
गत भदौमा पार्टी विभाजन भएपछि यी दुई दलबीच कुनै संवाद तथा छलफल छैन । जसपाका नेताहरूले लोसपालाई ‘प्रतिगामीका मतियार’ भन्ने गरेका छन् भने लोसपाका नेताहरूले ‘परमादेशी सरकार’को आरोप लगाउँछन् ।
विगतमा मोर्चाबन्दी र गठबन्धन गरेर आन्दोलन तथा चुनावमा सँगैसँगै गएका भए पनि जसपा र लोसपाका नेताहरू यसपालिको चुनावमा आपसमा गठबन्धनसम्म गर्न तयार छैनन् ।
जसपाले काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गर्न चासो देखाए पनि लोसपाको नामसमेत लिन चाहेको छैन । यसरी नै पार्टीकावीचम अशान्ति पैदा गर्ने काम भने त्यती उचित होइन ।
भोली पाटी –पाटीवीचमा असमझदारी हुँदा कार्यकर्ता तथा दलवीचमा पनि द्धोन्द सिर्जना हुने भएकाले पार्टीका वीचमा असमान तरिकाको चरित्र पाठक तथा कार्यकर्ताकाबीचमा नलैजानु नै उतम निकास हुन सक्छ ।
तपाइँको प्रतिक्रीया