२०८२ जेठ २३ बिहीबार

राशिफल

अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटना

काठमाडौँ :  चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटना भएको छ ।

विमान दुर्घना भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ ।

नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले जानकारी दिए । यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो ।

अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको समेत उनले बताएका छन् ।